पोखरा / प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आउँदैछन् । उनी यतिबेला स्थलमार्गबाट पोखरा आइरहेका छन् ।
प्रधानमन्त्री बालेन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज, लजमा बस्ने छन् । यसका लागि उक्त लज बुक गरिएको छ । तर पोखरास्थित सुरक्षा संयन्त्रले भने प्रधानमन्त्री पोखरा आउने विषयमा कुनै आधिकारीक खबर नभएको बताइरहेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्रीका लागि अन्नपूर्ण इको भिलेजका सबै कोठा बुकिङ गरिएको छ । उक्त लजको क्षमता एक रातमा ६० जना सम्मको रहेको छ । प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने बिहीबार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्रीको अन्य कार्यक्रमबारे केही सार्वजनिक गरिएको छैन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुरुङले प्रमको आगमनबारे आधिकारिक रुपमा आफुलाई केही थाहा नभएको र सञ्चार माध्ययम हेरेर जानकारी पाएको बताए । इको भिलेजका सञ्चालक विश्वराज अधिकारीले पनि सञ्चारमाध्ययमबाट जानकारी पाएर आफु चकित भएको र अन्य कुरा केही थाहा नभएको बताए ।
यो ईको भिलेज प्रकृति, ध्यान, परम्परा र आथित्यतालाई जोडेर निर्मार्ण गरिएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत हिम शृङ्खलासँगै सुन्दर दृश्वावलोकन गर्न सकिन्छ ।





