बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अन्नपूर्ण इको भिलेज पुगे प्रधानमन्त्री बालेन

अन्नपूर्ण इको भिलेज पुगे प्रधानमन्त्री बालेन


  • ढाेरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा / प्रधानमन्त्री बालेन शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन्। उनी आजैमात्र सडकमार्ग हुँदै पोखरा आएका थिए ।

प्रधानमन्त्रीको आजको रात सोही रिसोर्टमा बित्ने छ । प्रधानमन्त्रीका निम्ति यसअघिनै रिसोर्टका सबै कोठाहरू बुकिङ गरिएका थिए । रिसोर्टका सञ्चालक विश्वराज अधिकारीका अनुसार ६० जनाको क्षमता रहेकोमा सबै आजका लागि बुकिङ गरिएको छ । अन्य व्यक्तिलाई प्रवेश गर्न नदिइएको रिसोर्टमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको छ।

प्रधानमन्त्रीको यो निजी भ्रमण रहेको र भ्रमणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उनी सपरिवार पोखरा आएका हुन। शनिबार भने उनी मुस्ताङ जाने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बताएको छ। मुस्ताङको कार्यतालिका सार्वजनिक नगरिए पनि पितृकार्यका लागि जान लागेको स्रोतहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->