आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अब ३५ वर्ष देखाएर कचकच गर्ने हैन: सभापति रवि लामिछाने

अब ३५ वर्ष देखाएर कचकच गर्ने हैन: सभापति रवि लामिछाने

अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि !


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८३, आइतबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन् ।

नीति, संगठन र नेतृत्व कार्याशाला अन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गर्ने क्रममा आइतबार सभापति लामिछानेले भने, ‘अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि ।’

केही गर्न सकिन्न भने पनि गलत नगर्न नेताहरूलाई आग्रह गरे । राम्रो केही गर्न नसके नराम्रो केही पनि नगर्न सकिने सभापति लामिछानेले बताए ।

‘हिजो हामीले दोष लगाउने कैयौं मानिसहरू थिए । कैयौं नेताहरू थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं । आज कसलाई दोष देखाउने ?,’ नेताहरूलाई प्रश्न राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->