मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखामा बगेको घर निरीक्षण गरेर फर्कियो विज्ञ टोली, रिपोर्ट एक साताभित्र

गोरखामा बगेको घर निरीक्षण गरेर फर्कियो विज्ञ टोली, रिपोर्ट एक साताभित्र

टोलीले वरिपरी अन्य घरमा परेको असरबारे पनि अध्ययन गरेको छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

पोखरा / विज्ञहरूले गोरखा नगरपालिका-९ लक्ष्मीबजारमा गत साउन १८ मा बगेको घरको निरीक्षण गरेर फर्केका छन्। स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर बगेको थियो।
गत शनिबार गोरखा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारेसमेत मूल्यांकन गरेको छ।

‘माटो लिएर आएका छौँ। माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुँदै छ,’ इन्जिनियरिङ एसोसियसनकोतर्फबाट खटिएका भैरव धितालले टेलिफोनमा भने, ‘रिपोर्ट अबको एक साताभित्र आउँछ। त्यसपछि कारण पत्ता लाग्छ ।’ टिममा जियोटेक्निकल इन्जिनियर उदय न्यैपाने, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी पनि सहभागी थिए।

टोलीले वरिपरी अन्य घरमा परेको असरबारे पनि अध्ययन गरेको छ। माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धितालले बताए। यसको नेतृत्व स्ट्रकचरल इन्जिनियर प्रभुराम पोखरेलले गरेका थिए भने त्यसको समायोजन एसोसिएसन तर्फबाट धितालले गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->