सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

गण्डकीमा फणिन्द्र देवकोटा मन्त्री बन्दै, आजै सपथ

गण्डकीमा फणिन्द्र देवकोटा मन्त्री बन्दै, आजै सपथ


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

पोखरा / नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त चार मध्ये एक मन्त्रालयमा आज नेसपा नयाँ शक्तिका सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई मन्त्री नियुक्तको तयारी गरेका हुन् । देवकोटाको केहीबेरमा सपथ हुँदैछ ।

मुख्यमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार देवकोटालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन् । ‘पुरानै उर्जा वा अरु कुनै मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन’ उनले भने ।

गण्डकी प्रदेश सभामा नेसपाबाट देवकोटा मात्रै सांसद छन्। एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भूमि व्यवस्था, कृषि तथा सहकारी, स्वास्थ्य र उद्योग तथा पर्यटन मन्त्रालय रिक्त छन्।

देवकोटा यसअिघ पनि गण्डकी सरकारमा मन्त्री थिए। गत वर्ष जेएनजी आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->