सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बाढी प्रभावितका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा १० लाख ११ हजार राहत हस्तान्तरण

बाढी प्रभावितका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा १० लाख ११ हजार राहत हस्तान्तरण

कम्पनीको बस र ३३ जना यात्रु बेपत्ता


  • ढाेरपाटन संवाददाता
  • भाद्र १९ २०८३, शुक्रबार

पोखरा/  भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले १० लाख ११ हजार एक सय एघार रूपैयाँ राहत सहयोग प्रदान गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय कार्यालय ललितपुरलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

राहत तथा सहयोगका लागि कम्पनीको तर्फबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, सञ्चालक समिति तथा आबद्ध कर्मचारीका तर्फबाट २ लाख ७४ हजार रुपैयाँ र पृथ्वी यातायात सहकारी संस्थाको तर्फबाट १ लाख ८१ हजार ५५६ रुपैयाँ प्रदान गरिएको हो । उक्त रकम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश मार्फत महासंघको केन्द्रीय कार्यालयबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को एनएमवि बैंकमा रहेको खातामा जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको कम्पनीका अध्यक्ष एन कुमार साईले जानकारी दिए ।

तिब्बत क्षेत्रबाट सुरु भई भोटेकोशी हुँदै आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, नुवाकोटको विदुर, देवीघाट क्षेत्र र धादिङ लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएकोमा कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ ।

कम्पनीको बस र ३३ जना यात्रु बेपत्ता
यसैबीच कम्पनीमा आबद्ध ग २ ख ११५२ नम्बरको यात्रुबाहक बस पनि बाढीमा परेको जनाइएको छ । बसका प्रोप्राइटर तथा स्वरोजगार चालक सागर देवकोटा र ३२ जना यात्रुसहित बस बेपत्ता भएको कम्पनीले जनाएको छ ।
कम्पनीले चालक, यात्रु र बसको खोजतलासका साथै बसबाट उत्रन सफल भएका यात्रुको उचित उपचारका लागि सम्बन्धित निकायसँग आवश्यक पहलको माग गरेको छ ।

साथै कम्पनीले विपद्को यस परिस्थितिमा उद्धार, खोजी र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय तथा स्थानीय तहसँग अपिल गर्दै सबैलाई जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सुरक्षा नियमको पालना गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->