पोखरा / कास्की प्रहरीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ हजार ५ सय एम्पुल लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १९ गते राति करिब ९ः४० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा यूपी ५६ बीसी ५५४८ नम्बरको भारतीय कारको ढोकाको भित्री भागमा लुकाइराखेको अवस्थामा लागुऔषध बरामद गरेको हो ।
लागुऔषधमा डाइजापाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र नुरफिन ५०० एम्पुल रहेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज, फरेंदा बस्ने २४ वर्षीय आलम परवेज र २२ वर्षीय मोहम्मद रहेका छन्। दुवैलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





