सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

गुप्तेश्वर महादेव गुफा अध्यक्षमा विजयराज आचार्य

गुप्तेश्वर महादेव गुफा अध्यक्षमा विजयराज आचार्य


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा / गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । समितिको नयाँ नेतृत्वका लागि केही पदमा निर्विरोध र केहीमा शनिबार मतदानमार्फत निर्वाचन भएको हो । यसअघि दुई पटकसम्म गणपूरक संख्या नपुगेर स्थगित भएको साधारण सभा तथा अधिवेशन तेस्रो प्रयासमा मात्र सम्पन्न भएको हो । सबै पदमा सर्वसम्मत गराउने प्रयास असफल भएपछि मतदानको प्रक्रिया अपनाइएको कार्यालय प्रमुख नारायण पौडेलले बताए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा युवराज लामिछाने ‘युवक’ विजयी भए । उनले विजय पौडेललाई पराजित गरेका हुन् । उपाध्यक्षमा ऋतु लम्साल प्रतिस्पर्धी निर्दोषविक्रम पौडेललाई पछि पार्दै निर्वाचित भए । सचिवमा उत्तम सिग्देल निर्विरोध चुनिए । उपसचिवमा ऋषिराम बराल विजयी भए । उनले विशाल चपाईं र अनन्तराज लम्साललाई पराजित गरे । कोषाध्यक्षमा राजन अधिकारी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शिवम शाही पराजित भए । सह–कोषाध्यक्षमा भने खेमराज बराल ‘पुष्प’ निर्विरोध भए ।

खुल्ला ६ सदस्यका लागि २१ जना चुनावी मैदानमा उत्रिएका थिए । जसमा ऋतुनाथ लम्साल, आनन्द अर्याल, राधिकादेवी पहारी, लक्ष्मी गौतम सुवेदी, दिपेन्द्र सुवेदी र कृष्णप्रसाद पोखरेल निर्वाचित भए । करिव १७ सय सदस्य रहेको समितिमा ८ सय २० मत खसेको थियो । निर्वाचन सम्पन्न गर्न डा. रामचन्द्र पोखरेलको संयोजकत्वमा ऋषभ तिमिला र श्रीधर पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नयाँ नेतृत्वले गुफाको संरक्षण, संवद्र्धन र विकाससँगै धार्मिक–पर्यटकीय प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ ऐतिहासिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->