शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

बाढीपीडितलाई प्याब्सनको ९ लाख ३३ हजार सहयोग

बाढीपीडितलाई प्याब्सनको ९ लाख ३३ हजार सहयोग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) म्याग्दीको पहलमा विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई सहयोग गर्ने उद्देश्यले सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्याब्सन म्याग्दीका अध्यक्ष हीराबहादुर पुनले बताए ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २६ २०८३, शुक्रबार
तस्विर एआई

म्याग्दी/ म्याग्दीका निजी विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लाग राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।

उनीहरुले ९ लाख ३३ हजार दुई सय ८१ रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप तथा विपद् व्यवस्थापन कोषमा जम्मा गरे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) म्याग्दीको पहलमा विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई सहयोग गर्ने उद्देश्यले सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्याब्सन म्याग्दीका अध्यक्ष हीराबहादुर पुनले बताए । पुनका अनुसार अभियानमा विद्यालय तथा विद्यार्थीले स्वस्फूर्त रूपमा सहभागिता जनाएका थिए ।

विपद्का बेला पीडित परिवारलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक दायित्व भएकाले विद्यालय परिवारलाई अभियानमा सहभागी गराइएको पुनले बताए ।  सहयोग संकलनमा न्यू वेष्टपोइन्ट बोर्डिङ स्कुलबाट चार लाख ५१ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै माउन्ट एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलबाट दुई लाख दुई हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

दरबाङ इङ्लिस बोर्डिङ स्कुलबाट १६ हजार ७० रुपैयाँ, म्याग्दी एकेडेमीबाट १३ हजार रुपैयाँ, बेनी बोर्डिङ सेकेन्डरी स्कुलबाट एक लाख १ हजार एक सय ११ रुपैयाँ, रुम नमुना इङ्लिस बोर्डिङ स्कुलबाट १० हजार रुपैयाँ र केबी एकेडेमीबाट ४० हजार रुपैयाँ संकलन भएको प्याब्सन म्याग्दीले जनाएको छ ।

त्यसैगरी लिटिल गार्डन एकेडेमीबाट एक लाख एक सय, दरवाङ इङ्लीस बोर्डीङ स्कुलबाट १६ हजार ७० गरी कुल नौ लाख ३३ हजार दुई सय ८१ रुपैयाँ पुगेको प्याब्सन म्याग्दीले जनाएको छ । प्याब्सन म्याग्दीले सहयोग अभियानमा सहभागी हुने सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गरेको छ । साथै विपद्को कठिन घडीमा पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूको शीघ्र पुनस्र्थापनाको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->