पोखरा/रूपाकोट तालपारी घिमिरे समाजको भवन उद्घाटन र घिमिरे बन्धु वंशावली सार्वजनिक कार्यक्रम शनिबारभएका छन् । कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले समाजका सबै सदस्यको सासानो योगदान र उत्प्रेरणादायी भूमिकाकै कारण समाजको भवन निर्माण सम्भव भएको जनाए ।
उनले आफ्नो वंश, इतिहास र संस्कृतिको संरक्षणका लागि गरिएको यो प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानकास्की अध्यक्ष गोविन्दप्रसाद घिमिरेले आफ्नो वंशावलीलाई लिपिबद्ध गरी संरक्षण गर्नुका साथै नयाँ पुस्तामाझ आफ्नो इतिहास, धर्म, संस्कृति र परम्परा हस्तान्तरण गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
उनले वंशावली पुस्तकले भावी पुस्तालाई आफ्नो पुर्खा र वंश परम्पराबारे जानकारी लिन महत्वपूर्ण आधार प्रदान गर्ने धारणा व्यक्त गरे । भोजराज घिमिरेले पुस्तक निकै महत्वपूर्ण र उत्कृष्ट रहेको उल्लेख गरे ।
कार्यक्रममा बुहारी समाजकी अध्यक्ष लक्ष्मी घिमिरे, भवानी घिमिरे, बुद्धि घिमिरेलगायतले वंश, समाज, संस्कृति र भावी पुस्ताको भूमिकाका विषयमा बोलेका थिए । घिमिरे बन्धुको वंशावली तयार पार्ने क्रममा वरिष्ठ सल्लाहकार रामकृष्ण घिमिरे, लेखनाथ घिमिरे, थानेश्वर घिमिरे, गुरु कृष्ण घिमिरेलगायतको योगदान रहेकोरूपाकोट तालपारी घिमिरे बन्धु समाजका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए ।
कार्यक्रममा समाजकी उपाध्यक्ष राधा घिमिरे, घिमिरे बन्धु समाजका दिव्य घिमिरे, मिरा घिमिरे, समाजका सदस्य अनिल घिमिरे, थानेश्वर घिमिरे लगायतले बोलेका थिए ।




