म्याग्दी/म्याग्दीको रघुगंगा गाउँपालिकामा अरिङ्गालको गोला हेर्न भीरमा पुगेका एक युवाको लडेर मृत्यु भएको छ ।
रघुगंगा गाउँपालिका–३ दसमुरेस्थित भीरमा अरिङ्गाल हेर्न गएका रघुगंगा गाउँपालिका–७ चिमखोलाका २३ वर्षीय लबकुस पाइजा भिरबाट करिब ३ सय मिटर तल खसेर घाइते भएका थिए । घाइते पाइजाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार मंगलबार साँझ पाइजा दसमुरेस्थित भीरमा अरिङ्गालको गोला हेर्न जाने क्रममा एक्कासी भीरबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते पाइजालाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।




