शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

मृगौला पीडितद्वारा सहयोगको अपिल

मृगौला पीडितद्वारा सहयोगको अपिल


  • ढाेरपाटन संवाददाता
  • असोज १० २०८३, शनिबार

बागलुङ/मृगौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१० राङखानी पाहिका ४३ वर्षिय बिरु गाहा मगरले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

मृगौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गर्न अपिल गरेका हुन् ।

पोखरास्थित गण्डकी अस्पतालमा नियमित डायलाइसिस गराइरहेका बिरुले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको तयारी गरिरहेका छन् । प्रत्यारोपणका लागि उनकी दिदी तिला गाहा मगरको मृगौला परीक्षण भइरहेको छ । परीक्षण सफल भएमा तिलाले मृगौला दान गर्ने छिन् ।

सुरुमा उपचार सामान्य खर्चमै हुने अनुमान गरिएको थियो । तर उपचार लम्बिँदै जाँदा खर्च निरन्तर बढ्दै गएपछि आर्थिक अवस्था कमजोर बनेको र त्यसपछि सबैसंग सहयोगको अपिल गर्न बाध्य भएको बिरुको परिवारको भनाई छ ।

बिरुका भतिजा मित्र थापाका अनुसार हालसम्म विभिन्न व्यक्तिबाट करिब ५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको छ । डाक्टरहरूले उपचार र मृगौला प्रत्यारोपणका लागि २० देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने बताएका छन् ।

उपचार सहज बनाउन दाजुभाइ, गाउँले, साथीभाइ र शुभेच्छुकसँग सहयोगको अपिल गरिएको थापाले बताए । खर्च बढ्दै गएपछि थोरै रकमले उपचार संभव नभएपछि बिरुको जीवन बचाउन सबैको साथ र सहयोग खोजिएको थापाले बताए ।

बिरु ५ वर्ष दक्षिण कोरियामा वैदेशिक रोजगारीमा बसेर फकिएका थिए । स्वदेश फर्किएपछि गाउँमै कृषि पेशामा आबद्ध उनलाई मृगौलासम्बन्धी समस्या देखिएको थियो । बिरुका दुई छोरी, एक छोरा र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->