शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

ताराखोला गाउँपालिकाद्वारा राहत तथा पुनर्स्थापनाको लागि सहयोगको अपिल

ताराखोला गाउँपालिकाद्वारा राहत तथा पुनर्स्थापनाको लागि सहयोगको अपिल


  • ढाेरपाटन संवाददाता
  • असोज १६ २०८३, शुक्रबार

बागलुङ/गत असोज २ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति व्यहोरेको पश्चिम बागलुङको ताराखोला गाउँपालिकाले पीडितलाई उद्वार, राहत र पुनस्र्थापनाको लागि सहयोगको अपिल गरेको छ ।

वर्षाका कारण बाढीपहिरोमा परेर ताराखोला गाउँपालिकामा ३ जनाको ज्यान गएको थियो । साथै, ५ वटै वडामा व्यापक भौतिक क्षति पु¥याएको थियो । गाउँपालिकाका नागरिकको घरदैलोसम्म पुग्ने सडक सञ्जाल, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा समेत बाढीपहिरोले क्षति पुगेको छ ।

विस्थापित नागरिकको व्यवस्थापन तथा पुनस्र्थापनाका लागि वडा अध्यक्षहरूको नेतृत्वमा आवश्यक कार्य भइरहेपनि गाउँपालिका पूर्ण रूपमा संकटग्रस्त अवस्थामा रहेको र सीमित स्रोत–साधनका कारण पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारहरूको पुननिर्माण गर्न स्थानीय स्रोत पर्याप्त नभएपछि गाउँपालिकाले सबैसंग सहयोगको अपिल गरेको हो ।

‘‘राहत तथा पुनस्थानाका लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण ताराखोलाबासी, विभिन्न संघ–संस्था, सहयोगी मन तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आर्थिक सहयोगका लागि अपिल गरेका छौं’’ गाउँपालिका अध्यक्ष धनबहादुर विकले भने । देशविदेशबाट राहत सङ्कलन गरी एकद्वार प्रणालीबाट वितरण गरिने विकले बताए ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत, आधारभूत सेवा पुनःस्थापना तथा सडक, विद्युत् र सञ्चार सेवा सञ्चालनका लागि गाउँपालिका खटिरहेको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरुको राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि स्थानीय तह विपद् व्यवस्थापन कोष समेत स्थापना गरिएको अध्यक्ष विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->