शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

कांग्रेस बागलुङको क्षेत्रीय अधिवेसन सकियो

कांग्रेस बागलुङको क्षेत्रीय अधिवेसन सकियो


  • ढाेरपाटन संवाददाता
  • असोज १६ २०८३, शुक्रबार

बागलुङ/नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेसनअन्र्तगत बागलुङ क्षेत्र नं. १ र प्रदेश क तथा ख को अधिवेसन सम्पन्न भएको छ । तीन दिन सम्म लागेको अधिवेसनले खड्गबहादुर थापालाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै केही पदमा निर्विरोध तथा कतिपय पदमा निर्वाचनबाट पदस्थापन भएको छ ।

निर्वाचन अधिकृत शालिकराम भट्टराइले दिएको जानकारी अनुसार थापा सभापतिमा निर्विरोध बन्दा सचिवमा तेजप्रसाद शर्मा पनि निर्विरोध भएका छन् । प्रदेश क तर्फ लिलाधर कंडेल र प्रदेश ख मा दलबहादुर श्रीष सभापति भएका छन् । कंडेल निर्विरोध भए भने श्रीष निर्वाचनबाट निर्वाचित भएका थिए । श्रीषसँग प्रतिस्पर्धा गरेका बिष्णु आचार्य छिनो मतले पछि परेका थिए ।

महाधिवेसन प्रतिनिधि तर्पm २३ जना निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरु जगदिशचन्द्र उपाध्याय चम्पा खड्का र भीमबहादुर श्रीष राना निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै युवाहरु सुजन सापकोटा, पनव आचार्य, सृष्टी आचार्य र उशा सापकोटा केन्द्रीय महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनीहरु ३० बर्ष मुनिका युवाहरुको तर्फबाट महाधिवेसन प्रतिनिधिमा पुगेका हुन् । सापकोटा खुला महिलाबाट निर्वाचन लडेरपनि निर्वाचित भएकी हुन् । प्रदेश महाधिवेसन प्रतिनिधि तर्पm भने अधिकांस युवाहरुनै निर्वाचित भएका छन् । सबैले प्रतिनिधि खोज्दा प्रदेश र क्षेत्रीय समितिको नेतृत्वमा भने कतिपय पद पुर्ति भएका छैनन् । समितिले पछि मनोनयन प्रकृयाबाट पनि ती पद पुरा गर्न पाउने प्रावधान छ ।

निर्वाचन प्रकृयामा भाग लिएको एक समूहले उमेदवारी फिर्ता लिएपछि धेरै पद निर्विरोध भएका थिए । बिहिवार अबेर निर्वाचन प्रकृया शुरु भएकोले शुक्रवर बिहान मात्र अन्तिम मत परिणाम आएको थियो ।

शुक्रवार एक कार्यक्रम गरी निर्वाचित र निर्विरोध भएकालाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र बितरण गरेको छ । क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको अध्यक्षता, सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा निर्वाचन अधिकृत शालिग्राम भट्टराइ र केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायले शुभकामना मन्तव्य समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->