आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दाइ कविता ! खै कविता !

यस सहरमा ओहर–दोहर गर्ने आकृतिहरुमा कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ ! तर सधैं मेरै जस्ता ती अनुहारहरु पनि अल्झिरहेको पाएको छु दाल, भात, डुकुकै समस्यामा । मानौं हामीले बिर्सिसकेका छौं मानिस हुनुको अर्थ र खटनभन्दा पनि हामी...

इन्कलाब – जिन्दावाद !

तिम्रो हातमा छ लाठी । कम्मरमा छ बन्दुक । खुट्टामा छ बुटजुत्ता । त्यही जुत्ताको तलुवामुनि सदियौँदेखि कुल्चिएका छौ तिमीले – मेरो अस्तित्व । लाठी तिम्रै, बन्दुक तिम्रै, हतकडी तिम्रै, न्यायालय तिम्रो, सत्ता पनि तिम्रै, म त केवल एक भोट न हुँ । म त केवल...

देखाउ हिम्मत

तिमी  जुट्दा जन्तालाई के हुन्छ फाईदा तिमी फट्दा जन्तालाई के छ र बेफाईदा तिमी त तिम्रै स्वार्थका लागि जुट्ने फुट्ने लड्ने मिल्ने।। तिमी जुट्दा कहि बन्दैन उद्योग तिमी फुट्दा जनताको हुदैन बिजोग पैसाका लागि मरिहत्ते गर्छौ लाग्दैन पत्यार जन्ताकालागि सोच्छौ।। जनताले तिम्लाई...

कथा : साने र आमा

‘यतिबेला मेरा रहर र सपना घट्दै गएका छन् । पूरा भएर होइन, पूरा गर्न नसकेर । अनि बाध्यता बढेको छ, जुन पूरा गर्नैपर्छ मैले । आमाको माया कहिल्यै पूरा पाइनँ । मेरो भरोसा पनि...

सबका प्रिय कार्ल मार्क्स

प्रेम र युद्धमा सबथोक जायज हुन्छ भन्ने भाष्य प्रचलनमा छ । आफन्तजन वा प्रेमी–प्रेमिकाले आपसमा गर्ने प्रेममा तर्कको गुन्जाइस हुनसक्छ, नहुन पनि सक्छ । तर, अठारौं शताब्दीको पूर्वाद्र्धमा जन्मिएर पनि युगौंयुग बाँचिरहेका असाधारण क्षमता...

आमाको सपना

आमा, त्यो आउँछ र ? ‘हो, बा, त्यो आउँछ । तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ । त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ, त्यसैले ऊ अधर्मसित लड्नेछ ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम...

एक्लो पिपल

खोई, आज पनि देखिन, बा, तपाई साँच्चै हराउनुभएको हो र ? धेरै हप्ता बित्यो बा, तपाईंले चौतारोको डिल नटेकेको मेरा पद छुँदै नघुमेको मलाई साक्षी राखी धेरैलाई उपदेश नदिएको सधँैजसो दिउसो घण्टौं मेरा फेदीमा गीताका पाठ नसुनाएको बाटोमा हिँडेकालाई नबोलाएको, खैजँडी पिटेर हरि भजन नगाएको । खोई आज...

उसको सहर र उसका भेडाहरू

साप्पोरोको होटलको सानो कोठामा मेरो र उसको जीवन एकअर्कालाई स्पर्ष गर्दैछन् तर त्यहाँ एउटा चीज अपुग भइरहेको छ । होटलको ओच्छ्यानमाथिको समय शरीरसँग मिल्न मान्दैन, मागेको सुट्जस्तै । साप्पोरो (उत्तर जापानको महानगर)का सडकमा यो वर्षको...

जनताको बलिदानले अएको गणतन्त्र

हजारौ सहिदको रगतले साटेको हो यो तन्त्र न्याय अनि स्वतन्त्रता समावेशी थियो यस्को मन्त्र । सत्रहजार भन्छौ अहिले तिमी तेही हो मूल जरो यस्को ज्ञानेन्द्रले लगि पिजडामा थुन्दा थियो अवस्था कस्तो ।। बन्यो मोर्चा सातदल र माओवादी मिलेर...

कुन हो जीवनको अन्तिम परिक्षा ?

थाहा छैन भाग्य विधाता छ/छैन थाहा छैन प्रारव्ध हुन्छ/हुँदैन तर बुझ्न सक्दिन कसले लिईरहन्छ जीवनको परिक्षा ? यत्ति जान्न चाहन्छु कुन हो परिक्षाको सर्वोत्तम लब्धाङ्कपत्र ? कुन हो अोहोदाको उच्चतम प्रमाणपत्र ? कुन हो जीवनको अन्तिम परीक्षा ? कुन कुन हुन् जीवनका कठिनतम प्रश्नहरु...

-->