सरकार ! तेरो पानीजहाज लैजा चुच्चे रेल लैजा तेरो स्मार्ट-सिटी लैजा समृद्धिको भेल लैजा तेरो उद्घाटन लैजा, शिलान्यास लैजा पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा मेरा बाको औंठी लैजा, घडी लैजा मेरी आमाको तिलहरी लैजा सरकार ! यी सबैको बदलामा तैंले मलाई एक सिलिन्डर अक्सिजन दे...
टीकाधाराका भीरमा बुकी काटेर पाणाबाच्छा पाल्न नपर्दासम्म खर्च बोकेर फागुनेको द्यौराली काट्न नपरेसम्म यी निक्कै सुन्दर लाग्नेछन् ! सुर्तिबाङसित कुनै सहकार्य गर्नुपर्दैन जबसम्म दिजाबाट झाँप्रो काट्न महवीर, ङन्जापुरतिर उकालो लाग्न नपरेसम्म वा, ठेकाभाँडा बोकेर दहतिरको बाटो सोझ्याउनु नपरेसम्म टाढैबाट हेर्दा यी...