बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दुई सन्तहरु

दुई सन्तहरु


  • खलिल जिब्रान
  • साउन २ २०७८, शनिबार

कुनै निर्जन पर्वतमा दुई सन्तहरू बस्दथे । उनीहरू दुवै भगवानको आराधना गर्दथे र एक अर्कालाई प्रेम गर्दथे ।
त्यतिबेला उनीहरूसँग सम्पत्तिको नाउँमा एउटा पुरानो माटोको कचौरा मात्र थियो । एकदिन एक दुष्टात्माले जेठो सन्तको हृदयमा प्रवेश गरÞ्यो अनि उसले कान्छो सन्तसँग आएर भन्यो–‘हेर बाबु, हामी धेरै समयदेखि सङ्गै बस्तै आएका छौँ अब हामी छुट्टिनुपर्ने बेला भयो । आउ अब हाम्रो सम्पत्ति भागबण्डा गरौँ ।’
जेठो सन्तको कुराले कान्छो सन्त दुःखित भयो र भन्यो–‘दाज्यू, हजुरसँग छुट्टिनुपर्ने कुराले मलाई असाध्यै पीडा दिन्छ । यदि हजुरको यही इच्छा हो भने त्यसै होस् ।’ अनि उसले त्यो माटोको कचौरा ल्यायो र त्यो कचौरा जेठो सन्तलाई दिँदै भन्यो–‘दाज्यू, यसलाई हामी भाग लगाउन सक्दैनौँ । यो हजुरको नै होस् ।’
अनि जेठो सन्तले भन्यो–मलाई कसैको भीख चाहिँदैन । म मेरो भागभन्दा ज्यादा केही पनि लैजान्न । यसको भाग लगाउनै पर्छ ।’
अनि कान्छो सन्तले भन्यो–‘यदि यो कचौरा फुटाएर भाग लगाउने हो भने यो हजुरलाई या मलाई के पो काम लाग्छ र ? हजुरकै खुशीको लागि भए पनि चिट्ठा थुतौँ न त, जस्को भागमा पर्छ उसैले चलाउँला ।’
अनि त्यो जेठो सन्तले भन्यो–‘म न्यायको पक्षमा रहन चाहन्छु, अनि म संयोगको आधारमा न्याय हुन्छ भन्ने कराको विश्वास गर्दिन । त्यसै यो कचौराको भाग लगाउनै पर्छ ।’
त्यसपछि त्यो कान्छो सन्तले कुनै तर्कले पनि त्यो जेठो सन्तलाई मनाउन नसक्ने भयो अनि उसले भन्यो–‘यदि यो हजुरकै इच्छा अनि खुशी हो भने लौ त यो कचौरा फुटाऔँ ।’ तर त्यो जेठो सन्तको अनुहार कालो नीलो भयो र चिच्याउन थाल्यो–‘कस्तो तुच्छ कातर, लड्न भिड्नै नचाहने ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->