बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको रघुगंगा गाउँपालिकाले गर्यो दुई लाख सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिकाले गर्यो दुई लाख सहयोग

विपतमा राहत र उद्धारको लागि पालिकाको तर्फबाट दुई लाख रपैयाँ सहयोग गरेको लेखा अधिकृत अर्जुन गौतमले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

म्याग्दी / म्याग्दीको रघुगंगगा गाउँपालिकाले रसुवावाढी प्रभावितलाई सहयोग पुग्ने गरी रु. २ लाख सहयोग गरेको छ । बुधबार बिहान आएको भीषण बाढीले रसुवा लगायतका क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि उद्वार र राहतका लागि रकम जुट्न थालेको हो । रघुगंगाा गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा दुई लाख रपैयाँ रकम जम्मा गरेको हो ।

विपतमा राहत र उद्धारको लागि पालिकाको तर्फबाट दुई लाख रपैयाँ सहयोग गरेको लेखा अर्जुन गौतमले बताए । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठुलो मानिवय र भौतिक क्षति पुगेको छ । सरकारले विपद कोषमा सहयोगका लागि आब्हान गरेपछि सहयोग संकलन सुरु भएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, नुवाकोट र धादिङ क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म पनि मानविय क्षतिको एकिन हुन सकेको छैन् । राज्यको सम्पूर्ण शक्ति उद्धार तथा राहतमा जुटेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->