बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द

पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द


  • ढाेरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

 

पाेखरा  / भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले  सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीका कारण रसुवा, नुवाकोटलगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको जानकारी दिइन्। बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राखी आम सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->