बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपद्को भिडियो खिच्न बन्द गरौं ः रवि लामिछाने

विपद्को भिडियो खिच्न बन्द गरौं ः रवि लामिछाने


  • ढाेरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

पाेखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्को समयमा भिडियो खिच्ने काम बन्द गर्न आग्रह गरेका छन् । तिब्बतबाट आएको भयानक बाढीको भिडियोले सामाजिक सञ्जाल भरिएपछि उनले भिडियो खिच्न बन्द गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभा बैठकमा विशेष समय माग गर्दै बोलेका लामिछानेले विपद्को भिडियो खिच्दा उद्धारकर्तालाई निकै संकट पर्ने गरेको सुनाउँदै सभामुखसमक्ष भिडियो खिच्न बन्द गर्नुपर्छ भनेका हुन् ।

विपद्ले सबैभन्दा बढी सिमान्तकृत बस्तीका नागरिक पर्ने भएकाले उनीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका लामिछानेले विपद्को घडिमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । यो बेलामा सिमान्तकृतसंगै महिला, वृद्धवृद्धालाई प्राथमिकता दिनुपर्ने बताए । यस्तै केहि समयमा पार्टीको आकस्मिक बैठक बसेर राहत कोषका लागि निर्णय गर्नेछ ।

विपद्को समयमा राष्ट्रिय एकता नेपालले देखाउने र अन्तर्राष्ट्रिय जगतलाई समेत देखाउने गरि काम गर्नुपर्नेमा जोड दिए । प्राकृतिक विपद्ले मिनेटभरमै संरचना माटो हुने रहेको सुनाउँदै विपद् आउँदै छ भनेर प्रविधिलाई विकास गर्नु आजको आवश्यकता रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->