बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घाइतेको उपचारका लागि ठूला अस्पताल तयारी अवस्थामा

घाइतेको उपचारका लागि ठूला अस्पताल तयारी अवस्थामा

मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहितका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

काठमाडौं / तिब्बततिरबाट आएको बाढीको कारण प्रभावित घाइतेको उपचारको लागि सरकारले राजधानी र स्थानीय दुबै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको छ। सामान्य घाइतेको लागि स्थानीय अस्पताल र ठूला घाइतेको लागि वीर, टिचिङ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर सहित ६ वटा अस्पताललाई तयारी अवस्थामा राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीको अनुसार यी ६ अस्पतालाई तयारी अवस्थामा छन्। सबै घाइतेहरुलाई यी अस्पतालमा ल्याउने तयारीको साथै चिकित्सक सहितको हेलिकप्टर पनि प्रभावित क्षेत्रमा परिचालन भइसकेको मन्त्रालयले जनाएको छ।

आकस्मिक कक्षका विरामीलाई अन्यत्र व्यवस्थापन गरी ४० वटा वेड कक्षमा तयारी अवस्थामा राखेको वीर अस्पतालका सहायक निर्देशक डा. अपार लामछिानेले बताए।

‘आकस्मिक कक्षमा खालि वेड तयारी अवस्थामा छन, स्वास्थ्यकर्मी, औषधी पनि तयारी अवस्थामा छन,’ उनले भने। आवश्यकता अनुसार ४० बाहेक थप विरामीको उपचार गर्न मिल्ने गरी तयारी भइरहेको उनले जानकारी दिए। ‘ अस्पतालको भीड व्यवस्थापनको लागि पनि टिम तयारी अवस्थामा छ,’ उनले भने।

वीरसँगै राष्ट्रिय ट्रमा सेन्टरले पनि ५० जना भन्दा बढी घाइतेको उपचार गर्ने गरी तयारी गरेको अस्पतालका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।

टिचिङ अस्पताले  स्वास्थ्यकर्मी समेत प्रभावित क्षेत्रमा हेलिकप्टरमा पठाइसकेको जानकारी दिएको छ। अस्पतालका सहायक निर्देशक डा. पवन आचार्यको अनुसार अस्पतालको आकस्मिक कक्ष र सवै विभागका चिकित्सक तयारी अवस्थामा छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->