बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कथा: चाराले चल्ला खायो !

कथा: चाराले चल्ला खायो !


  • शिवप्रसाद पाण्डे
  • असार ७ २०७८, सोमबार

”छोरा बनाएर जापान लगेँ । अरुलाई लगेँको भए त्यतिवेलै कम्तिमा छ लाख कमाइन्थ्यो । वर्षौसम्म संगै राखेर पालियो । उसको मामा फटाहाले बर्वादै पा-यो । मेरो बाउको सम्पत्ति समेत दिन प-यो, छोराहरु जापान जान पनि पाएनन् । आफ्नो अहिले यो हालत भयो !” रमाकान्तले लामो सुस्केरा काडदै भने । बलेले पनि आफ्नो पीडा पोखे – त्यो बजियाले मलाई डुवायो नि ! दुई वर्षको मासिक चार लाख, क्षतिपूर्ति, विमा, मुध्दा खर्च, जरिमाना, कर सबै गर्दा त वर्षौ कमाएको स्वाहा नै पा-यो । छोराहरु अहिले हङकङमा लाखौ कमाउनि हुन्थे । भाइभाइ घरमा लडेर किन बस्नु पर्थ्यो । केटो त्यस्तो होइन, फटाहा भिनाजुले गर्दा हो । आफ्नै जनजातिको भलाइ गरौ भन्दा यस्तो ! बले र रमाकान्तको उमेर, जीवनस्तर, भोगाई, रोग, परिवारिक अवस्था आदि धेरै कुरा मिल्दाजुल्दा थिए । जीवनमा गरेको एउटै भुलबाट सृजित पछुतो पनि समानै जस्तो थियो । जेठको चर्को गर्मी छल्न ती दुबै विदुर ठूलो पिपलको रुखको छाहारी भएको चौपारीमा बसेका थिए ।

विगतको कुरालाई लिएर आपसमा गनथन गरिरहेका थिए । रमाकान्तले नन्दलालको छोरालाई आफ्नो छोरा बनाइ जापान लगेका थिए | जापानमा उनको आफ्नै होटेल थियो । नन्दलालका साला जापानमा चल्तापूर्जा तथा कानुनी प्रक्रियामा जानकार ठानिन्थे । रमाकान्त र भान्जाको कागजी प्रक्रिया पनि उनैले मिलाएका थिए । रमाकान्तका घर भएका नाबालक दुई छोराहरुको नियतवस नामै चडाएका रहेनछन् । पछिमात्र रमाकान्तले यो विषयमा भएको गडवडी थाहा पाएका थिए । घरमा आएको वेला श्रीमती बितेकी थिइन् । घरयासी कारण हो वा भिसाको कारणले हो उनी फेरी जापान गएनन् । उता नन्दलालको छोराले अंश दावि ग-यो । मुध्दा मामिला, रोग, पारिवारिक किचलो, बुढ्यौली सबैले रमाकान्तलाई गाँज्दै लगेको थियो । बलेको अवस्था पनि उस्तै थियो । दशै वर्षको उमेरमा इण्डिया झिरेका उनले सोह्र वर्षसम्म बहादुर कान्छाको नामले त्यहाँ काम गरेका थिए । उनको घरको आर्थिक अवस्था नाजुक थियो । अनेक बहानामा उनी हङकङ पुगे । केहि वर्षमै उनी ढावाका मालिक पनि बने । अनिकालमा बाउलाई अन्न दिएको गुन तिर्न उनले साहुको छोरालाई हङकङ पु-याए । आफ्नै होटलमा गाँसबास सहित मासिक एक लाख पाउने गरि काम पनि दिए । तर उनले तलबी भरपाईमा भने मासिक चार लाख बुझेको व्यहोराको दस्तखत गराउँथे । साहुको ज्वाइँ पहिल्यैदेखि हङकङमै थिए । उनैको मिलोमतोमा साहुको छोराले चार लाखै तलवको माग गरे । यो रकम दिने स्थिति उनको थिएन । भनेको रकम नपाएपछि साहुको छोराले मुद्धा लडि दिने संस्थाको शरण पुगि कोर्डमा उजुरी हाले । एक वर्षपछि फैसला भयो । बले हारे |

सुरुदेखि त्यो बेलासम्मको पूरै तलब र अन्य रकम तिर्नको लागि उनले होटेल बेचेका थिए । त्यसपछि उनी घर आएका थिए । उनी फेरि हङकङ फर्केनन् । त्यो पिपलको रुखको एउटा हाँगामा गिध्दको गुड थियो । गिध्दका साना चल्लाहरु च्याउँ च्याउँ गरेको सुनिन्थ्यो । गिध्दका भालेपोथी पालैपालो चारा ल्याएर खुवाई रहेका थिए । गिध्दले एकपटक एउटा बिरालाको छाउरो चाराको रुपमा टाउकोमा समाइ ल्यायो । त्यो दृश्य दुबै जनाले उत्सुकतापूर्वक हेरे । त्यो छाउरोलाई गुडमा छोडि गिध्द फेरि चारो खोज्न गयो । चल्लाहरुले त्यो छाउरोलाई खान खोजे तर सकेनन् । त्यो छाउरो पनि धेरै भोकाएको रहेछ । त्यो छाउरोले उल्टै चल्लाहरु खान थाल्यो । केहि क्षणपछि एउटा चल्लाको टाउको तिनीहरु भए नजीकै खस्यो । उमाकान्त र बलेले एकै स्वरमा भने – चाराले चल्ला खायो ! बलेले भने – हाम्रो पनि चाराले चल्ला खादा यो हालत भएको छ । रमाकान्तलाई बलेको कुरा घत प-यो । उनले बलेलाई हेर्दै भने – हो त नि ! त्यसपछि केहिक्षण दुबै जना एक अर्कोलाई हेराहेर गरि रहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->