शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय क्रिकेट टोलीले देशको इज्जत बढाए : प्रचण्ड

राष्ट्रिय क्रिकेट टोलीले देशको इज्जत बढाए : प्रचण्ड


  • Dhorpatan News
  • माघ २२ २०७५, मंगलबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा गरेका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् ।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आफ्नोतर्फबाट यो क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत प्रचण्डले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->