बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेता, कार्यकर्तालाई उत्पादनसंग जाेडिएर समृद्वीकाे यात्रामा जुट्न आग्रह

नेता, कार्यकर्तालाई उत्पादनसंग जाेडिएर समृद्वीकाे यात्रामा जुट्न आग्रह

नेपाली जनताकाे वलिदानीपूर्ण संघर्षवाट आएको गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यक्रममा जाेडदिनु पर्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७५, बुधबार

बागलुङ, १ फागुन – नेकपा एमाले र माओवादी पार्टी एकता भएपछि बागलुङमा पहिलाे पटक जनयुद्व दिवस शहिदकाे स्मरण र शहिद परिवारका सदस्यलाई सम्मान गर्दै मनाइएकाे छ । कार्यक्रममा वाेल्ने बक्ताहरुले नेपाली जनताकाे वलिदानीपूर्ण संघर्षवाट आएको गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यक्रममा जाेडदिनु पर्ने वताए । शहिदकाे सम्मान गर्न नेताहरुले अाफ्नाे चरित्र र कार्यशैली वदल्नुपर्नेमा पनि उनीहरुकाे जाेड दिए । अहिले पनि सयाैं नागरिक वेपत्ता रहेकाले उनीहरुकाे खाेजीनिती गर्नुपर्ने काम वर्तमान सरकार र पार्टी नेतृत्वकाे भएकाे वक्ताहरूले वताए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका गण्डकी प्रदेश सचिब गाेविन्द नेपालीले हामी विगतलाई स्मरण गर्दै शाेकलाई शक्तिमा वदल्नु पर्ने र समृद्व नेपाल निर्माणका लागि जुट्नु पर्ने वताए । जनयुद्ध दिवसमा गर्व गर्दै नेपाललाई विश्व मानचित्रमा जनतावाट अनुमाेदित कम्युनिष्ट पार्टीको सरकारकाे नेतृृत्व गर्ने पार्टीका कार्यकर्ताले अाफुलाई पनि साेही अनुसार ढाल्नुपर्ने नेता नेपालीले वताए । याे दिवसले सवैलाई कम्युनिस्ट केन्द्र बनाउने कुरामा प्रेरणा दिने वताउदै प्रदेश सचिव नेपालीले नेकपा वैज्ञानिक समाजवादकाे पक्षमा निरन्तर लागिरहेकाे दावी गर्दै सरकार पनि साेही अनुसारका कार्यक्रम लिएर अगाडि वढिरहेकाे वताए । पार्टी एकताले अव छिट्टै पूर्णता पाउने वताउदै नेपालीले सवै नेता, कार्यकर्तालाई उत्पादनसंग जाेडिएर समृद्वीकाे यात्रामा जुट्न अाग्रह गरे ।

पार्टीका जिल्ला संयन्त्र सदस्य ज्ञामनाथ गैरेकाे अध्यक्षतामा समपन्न कार्यक्रममा पार्टी नेताहरु इन्द्रलाल सापकाेटा, श्रीप्रसाद शर्मा, जसाेदा शर्मा, दिनवहादुर थापा, प्रभा ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन संयन्त्र सदस्य लालवहादुर थापाले र स्वागत महिला नेतृ टिका कुमारी विकले गरेकी थिइन । साे अवसरमा शहिद र वेपत्ता परिवारका सदस्यहरु सरस्वती शर्मा, गाैरीशंकर विक, प्रभा ढकाल, जसाेदा शर्मा, पुष्पा अाचार्य, मैना विक, श्याम विक, जमुना कँडेल, मन कुमारी नेपाली, मिना कुमारी शर्मा, प्रकाश थापा लगायतलाई दाेसल्ला अाेढाएर सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->