शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


  • Dhorpatan News
  • माघ २२ २०७५, मंगलबार

आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२ लाख १७ हजार ६७५, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

यस्तै प्रमुख सञ्चालक टेकबहादुर गुरुङ र प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई समेत रु ३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको आयोगले उल्लेख छ । यस्तै आयोगले तत्कालीन कोषाध्यक्ष रत्नगाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको आयोगको ठहर छ ।

परिषद्ले फनपार्क मेला सञ्चालकलाई २०६९ भदौ २० गते रु पाँच लाख ५५ हजार मासिक भाडा लिने गरी जग्गा उपलब्ध गराएको थियो । सार्वजनिक खरीद ऐनअनुसार सार्वजनिक बोलपत्र आह्वान गरेर मेला सञ्चालक चयन गर्नुपर्नेमा त्यसो नगरिएको र कार्यविधिसमेत पालना नभएको पाइएको आयोगले जनाएको छ । यस्तै इच्छुमति तरकारी बजारको भाडासमेत न्यूनरुपमा रु ७८ हजार ५७१ मा दिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->