बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई टेलिभिजन सहयोग

सुनचाँदी व्यवसायी संघद्धारा प्रहरीलाई टेलिभिजन सहयोग


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

धुव्रसागर शर्मा
म्याग्दी, ६ फागुन – म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष जीवन बहादुर विश्वकर्माले संयुक्त रुपमा प्रहरी नायब उपरिक्षक बिर बहादुर बुढा मगरलाई सो टेलिभिजन हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व अन्र्तगत संघले प्रहरी कार्यालयको परिसरमा रहेको प्रतिक्षालयमा सन्देशमुलक सामाग्री प्रशारणको लागि रु ६३ हजार बराबरको एलजी कम्पनीको एलईडी ४३ ईन्चको टेलिभिजन सहयोग गरिएको संघका महासचिब कमल विश्वकर्माले जानकारी दिए ।

प्रहरीले सञ्चालन गरेको समुदायसंग प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत संघले उपलब्ध गराएको टेलिभिजनलाई प्रहरी कार्यालयको प्रतिक्षालयमा सन्देशमुलक सामाग्री प्रशारणको समेत सुचारु गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहिहरुलाई विभिन्न जनचेतनामुलक र सन्देशमुलक सामाग्री प्रदर्शन गर्न संघले उपलब्ध गराएको टेलिभिजनले सहयोग पुगेको प्रनाउ बुढामगरले बताए । कार्यक्रममा बोल्दै मेयर हरिकुमार श्रेष्ठ, प्रजिअ अधिकारी, संघका केन्द्रिय सदस्य बराईली, पूर्व अध्यक्ष विश्वकर्माले प्रहरी र समुदायबिचको साझेदारीले समाजमा शान्ति सुरक्षाको पत्याभुति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->