बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङ दुर्घटनामा एकै विद्यालयका दुईको मृत्यु, गम्भिर १० जनालाई धौलागिरी अञ्चल अस्पताल रिफर गरियो

बागलुङ दुर्घटनामा एकै विद्यालयका दुईको मृत्यु, गम्भिर १० जनालाई धौलागिरी अञ्चल अस्पताल रिफर गरियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७५, मंगलबार

बागलुङ, ७ फागुन – बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान छिस्तीको रापुङ्गभिरमा दुर्घटना हुँदा जनकल्याण माध्यमीक विद्यालयका लेखापाल टिका पुन र सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा एलिना पुन रहेको जैमिनी नगरपालिका ८ छिस्तिका सदस्य कर्ण सिंह पुनले जानकारी दिए । । दुर्घटनामा घाईते भएका १० जनालाई स्वास्थ्य चौकी छिस्तिमा सामान्य उपचार पछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा पाठाईएको छ । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जीपमा करिव २५–३० जना यात्रु रहेको प्रहरी चौकी बेलवगरका प्रहरी जवान शंखर थापा क्षेत्रीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । निकै भिरालो जमिनमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको क्षेत्रीले बताए । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार पिक अप भ्यान दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उप प्रमुख लिला रानाले बताए। सडकदेखि करिव ७ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन । रात परेका कारण उद्धारमा प्रहरीले जनाएको छ । उद्दारका लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरीको टोलि समेत पठाई सकिएको प्रहरीले जनाएको छ । अफ्ठेरो भिरमा दुर्घटना भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->