बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालयमा राजनीति हुँदा सयौं विद्यार्थीको भविष्य अन्धकार-थापा

विद्यालयमा राजनीति हुँदा सयौं विद्यार्थीको भविष्य अन्धकार-थापा


  • Dhorpatan News
  • फाल्गुन १२ २०७५, आइतबार

बागलुङ, १२ फागुन – जनकल्याण माध्यमिक विद्यालय काठेखोला गाउँपालिका–२ भिमापोखराको ९० औं बर्षिकोत्सव तथा अभिभावक दिवस आईतबार बिबिधि कार्यक्रम गरी सम्पन्न भएको छ । बार्षिकोत्सव अन्र्तगत आईतबार मुल समारोहलाई सम्बोधन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले विद्यालयलाई राजनीति मुक्त बनाउनु पर्ने बताए । विद्यालयमा राजनीति हुँदा सयौं विद्यार्थीको भविष्य अन्धकार हुने भन्दै थापाले राजनीति मुक्त विद्यालयको अभियान चलाउने बताए । गाउँपालिकाका कुनैपनि विद्यालयलाई स्रोत साधनको अभाव हुन नदिने भन्दै थापाले जिम्मेबार र इमान्दर शिक्षकको खाँचो रहेको औल्याए । विकसित समयमा शिक्षक प्रबिधिसँग जुध्न सक्ने हुनुपर्ने र अभिभावकले विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना गरीदिनुपर्ने थापाको भनाई थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत खिम बहादुर बिक, वडा अध्यक्ष बिद्यापति शर्मा, शिक्षा सेवी टिकाराम सापकोटा, डिल्लिराज गौतम, स्रोतव्यक्ति पुर्ण प्रसाद ढुंगाना, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, अभिभावक कृष्ण थापा, पूर्व प्रअ हरि प्रसाद लामिछाने, शिक्षक संगठनका जिल्ला अध्यक्ष गोविन्द बहादुर भण्डारी, नेकपा वडा संयन्त्र सदस्य रामप्रसा शर्मा र जनप्रिय आधारभुत विद्यालयका प्रअ नरबहादुर थापा लगायतले बोलेका थिए ।
बार्षिकोत्सव अन्तरगत आयोजना गरिएको प्राथमिक तह स्तरीय अन्तर विद्यालय बोरा दौड प्रतियागितामा छात्रतर्फ अमर प्राविका समिर नेपाली प्रथम, भिमादरवार आधारभुतका ज्योतिन नेपाली दोस्रो र मुन्द्रिदेव आधारभुत विद्यालयका युकेश केसी तेस्रो भएका छन् । छात्रातर्फ अमर आधारभुत विद्यालयका सिर्जना नेपाली प्रथम, हरिकमल आधारभुत विद्यालयका शशिका केसी दोस्रो र शिवालय आधारभुत विद्यालयका करुणा पौडेल तस्रो भए । त्यस्तै बेलुन फुटाई प्रतियोगिता भिमा दरवारका सुमित नेपाली प्रथम, हरिकमलका अञ्जली थापा दोस्रो र हरी कमलकै अर्विन थापा तेस्रो भएका छन् ।अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिवालय आधाभुत विद्यालय प्रथम, तितौरे मावि पाला दोस्रो र जनकल्याण मावि भिमापोखरा तेस्रो भएका छन् । अन्तर विद्यालय स्तरीय भलिवल प्रतियोगितामा शिवालय आधारभुत विद्यालय प्रथम र जनकल्याण मावि दोस्रो भएको विद्यालयले जनाएको छ । कार्यक्रममा स्वर्गिय देविदत्त रेग्मी, जमुनादेवी रेग्मी स्मृति अक्षयकोष, स्वार्गिय कुलप्रसाद र जंगबहादुर स्मृति कोष, स्वर्गिय झक बहादुर केसी स्मृति कोष, स्वर्गिय ददिलाल खत्री स्मृति कोष, स्वर्गिय गिता गौतम स्मृति कोषले ३९ जना विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेलको अध्यक्षता, शिक्षक चन्द्रमणि उपाध्यायको स्वागत र बिक्रम शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक लिलाराम सापकोटाले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->