मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

धौलागिरीका उपल्लो भागमा हिमपात, तल्लो भागमा बर्षा

धौलागिरीका उपल्लो भागमा हिमपात, तल्लो भागमा बर्षा

पाँचौपटक परेको हिउँले स्थानीयको जनजीवन कष्कर बन्दै


  • Dhorpatan News
  • फाल्गुन १५ २०७५, बुधबार

काँठेखोला–५ विहुँमा हिउँमा रमाउदै बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल लगायतको टोली ।
बागलुङ, १५ फागुन – धौलागिरीका बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका उपल्लो भागमा बुधवार विहानैदेखि हिमपात भइरहेको छ भने तल्लो भागमा भारी बर्षा भइरहेको छ । यी क्षेत्रका माथिल्लो भेगका स्थानीयहरुले पाँचौ पटक हिउँ परिरहेको वताएका छन । तल्लो भेगमा भारी बर्षा भइरहेको स्थानीयको भनाई छ । बुर्तिबाङ हिडेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोलीले विहानै घोडावाधे पुगेर हिउँ खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले ती फोटाहरु भाइरल भइरहेका छन । हिमपातका कारण माथिल्लो भेगको जनजीवन कष्टकर बनेको छ भने तल्लो भेगका स्थानीय पाँचौ पटक हिउँ खेल्ने भन्दै हिउँ परिरहेको क्षेत्रतिर हिडिरहेका हाम्रा स्थानीय संवाददाताहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->