मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर मृत्यु

सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर मृत्यु


  • Dhorpatan News
  • फाल्गुन १९ २०७५, आइतबार

पोखरा, १९ फागुन – पोखरामा प्याराग्लाइडिङ गर्दा फेवातालमा डुबेर एक विदेशी पर्यटकको मृत्यु भएको छ। आइतबार सराङकोटबाट प्याराग्लाइडिङ गरेका रोमानियाका पर्यटक फेवातालमा खसेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रोमानियाली पर्यटक ४२ वर्षीय एज सिजर रहेको  वडा प्रहरी कार्यालय बैदामका डीएसपी कोमल शाहले जानकारी दिएका छन्। आइतबार बिहान प्याराग्लाइडिङ गरेका पर्यटक फेवातालमा आइ खसेपछि  तत्काल उद्धार गरी हस्पिटल लगिएको थियो । पोखराको मेट्रोसिटी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->