बागलुङ, १९ फागुन – नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले ओली सरकारले केन्द्रीकृतशासन प्रणलीको अभ्यास गरेको आरोप लगाएका छन । नेपाल शिक्षक संघ बागलुङ जिल्लाको १८ औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक कल्याण अक्षयकोषको अधिवेशनको गलकोटमा आईतवार उदघाटन् गर्दै पाण्डेले जनताले शान्ती सुरक्षाको अनुभुति गर्न नपाएको वताए । मुलुकमा ओली शासनकालमा भ्रष्टाभार बढेको बताउदैं पाण्डेले ओली सरकार पूर्णरुपमा असफल भएको दाबी गरे । राष्ट्रियसभाका सदस्य समेत रहेका पाण्डेले बिकास र समृद्धिको लागी नेपालि कांग्रेसले नेतृत्ब गनुपर्ने भएकोले नेपाल शिक्षक संघ र नेपाली कांग्रेसले सहकार्य गर्नुपर्ने बताए । शिक्षक संघमा आबद्ध शिक्षकहरु अन्यायमा पर्दा नेपाली कांग्रेस मौन नबस्ने बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष भरत लम्साल, महासचिव सोमनाथ गिरी, शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणी लामिछाने, संविधानसभा सदस्य एवं काँग्रेस बागलुङका निवर्तमान सभापति प्रकाश शर्मा पौडेल, महासमिति सदस्य एवं निवर्तमान उपसभापति जगदिशचन्द्र उपाध्याय, काँग्रेस बागलुङका सचिव नवराज पौडेल, जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाल शिक्षक संघ सघिय सदस्य देवन्द्र पौडेल, बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, शिक्षक संघ गण्डकी प्रदेश महासचिव सागर खरेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जित शेरचन, नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी, सहमहामन्त्री हरिहर शर्मा, शिक्षक संघ स्याङजाका अध्यक्ष लक्ष्मीदत्त रेग्मी, पुर्व केन्द्रिय सदस्य नारायण शर्मा पौडेल, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, काँग्रेसका पुर्व जिल्ला सदस्य एवं युवा नेता मञ्जेशबम मल्ल, महाधिवेशन प्रतिनिधि मञ्जुशर्मा चालिसे, नेपाल तरुणदल बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबु, शिक्षक संघ कल्याण अक्षयकोषका अध्यक्ष विष्णु प्रसाद सापकोटा, सेवा निवृत शिक्षक एवं निवर्तमान सचिव भुवानी प्रसाद कंडेल, गलकोट नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विरजंग भण्डारी, नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, लगायतले बोलेका चन्द्रमणि न्योपानेले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संघका सचिव हेमराज गैरेले संगठानिक प्रतिवेदन, अर्थ सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्रले आर्थिक प्रतिवेदन र महिला विभाग संयोजक सिता शर्माले विभागिय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा शिक्षक संघमा आवद्ध भै निवृत भएका ४८ जना शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षता, उपाध्यक्ष सिता शर्माको स्वागत र सचिव हेमराज गैरे र सहसचि मदन कुमार कार्कीको संचालनमा सम्पन्न भएको थियो ।





