पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन्। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणापछि पाकिस्तानी जनताले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु गरेका थिए।
I am not worthy of the Nobel Peace prize. The person worthy of this would be the one who solves the Kashmir dispute according to the wishes of the Kashmiri people and paves the way for peace & human development in the subcontinent.
— Imran Khan (@ImranKhanPTI) March 4, 2019
पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन् ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन। नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ।’





