शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

भुटान क्यान ११ संग १३ रनले पराजित

भुटान क्यान ११ संग १३ रनले पराजित


  • ढाेरपाटन संवाददाता
  • असोज १५ २०८३, बिहिबार

पोखरा / नेपाल भ्रमणमा रहेको भूटानी क्रिकेट टोली क्यान ११ संग १३ रनले पराजित भएको छ । आइसिसी विश्वकप टी२० क्रिकेट क्षेत्रीय छनोट अन्तरगत अभ्यास खेलका लागि पोखरा आएको टोलीले आफ्नो तेस्रो खेलमा समेत हार व्यहोरेको हो ।

१२४ रनको विजयी लक्ष्य पाएको भुटानले २० ओभरमा ९ विकेट गुमाउँदै ११० रनमात्रै जोड्न सफल रह्यो । भुटानका लागि ओपनर नाम्गे थिन्लेले सर्वाधिक २९ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४४ बलको सामना गर्दै ५ चौका प्रहार गरे ।
आनन्द मोनगर १४ र सोनम यासहे १ रनमा अविजित रहे । तेन्जिन रब्गे ुशन्यमा पेभिलियन फर्किदाँ सोनम छोप्लेले १९ रन जोडे । रनजंग मिक्यो डोर्जी १३, गकुलकुमार घले शुन्यमा आउट भए । थिङले जाम्तसो १९, छिरिङ तासी ९, तासी दोर्जी शुन्य रनमा आउट हुँदा कर्मा दोर्जी ४ रनमा रनआउट भए ।

क्यान ११ का लागि विपिन शर्माले ४ ओभरमा १ मेडनसहित सर्वाधिक ३ विकेट लिए । कप्तान विपिन खत्री र युवराज खत्र्रीले २÷२ तथा दयानन्द मन्डलले १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको क्यान ११ ले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमात्रै जोड्न सफल रह्यो । क्यान ११ का लागि कप्तान विपिन खत्रीले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर अर्जुन कुमालले २५ रन जोडे । उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे । विपिन र अर्जुन बाहेक क्यान ११ का अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

तिर्थराज दास ४, मायक यादव ८, दिपक प्रसाद डुम्रे २, सोहिल कुँवर १, रसिद खान ८, युवराज खत्री ८ र आकाश चन्द २ रनमा आउट भए । विपिन शर्मा ३ रनमा नटआउट रहे ।

भुटानका लागि थिन्ले जाम्त्सो, गकुल कुमार घले र सोनम यासेले २÷२ तथा कर्मा दोर्जी र नाम्गे थिङले ले १÷१ विकेट लिए । यसअघि भुटानी टोली गण्डकी प्रदेशको टोलीसंग २ खेल खेल्दै दुवै खेलमा हार व्यहोरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->