मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लैङ्गिक असमानता अन्त्य गर्न नगरपालिका भित्र कार्ययोजना

लैङ्गिक असमानता अन्त्य गर्न नगरपालिका भित्र कार्ययोजना


  • धु्रबसागर शर्मा
  • फाल्गुन २१ २०७५, मंगलबार

म्याग्दी, २१ फागुन – स्थानीय तहमा महिलामैत्री नीति बनाएपनि बजेट विनियोजनमा कन्जुस्याई गर्ने गरिएको महिला अधिकारकर्मीले गुनासो गरेका छन् । बेनी नगरपालिकाले सोमबार आयोजना गरेको दुईदिने लैङ्गिक, हिंसा निवारण रणनीति तथा बाल विवाह उन्मुलन सम्बन्धि कार्ययोजना गोष्ठीमा सहभागी भएका महिला जनप्रतिनिधिले नै महिला लक्षित बजेट विनियोजन नहुदाँ समस्या भएको बताएका थिए ।
बेनी नगरपाकिकाको आयोजना, प्लान इन्टरनेशलन, सिविन नेपालको सहकार्यमा आयोजित गोष्ठीमा सहभागीहरुले शारीरिक, मानसिक आर्थिक, राजनीतिक लगाएतका हिंसाबाट महिला प्रताडित भएको अवस्थामा स्थानीयस्तरमा कार्ययोजना सहित घरघरबाट सचेतना फैलाउनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले हरेक प्रकारका हिंसाको अन्त्य गर्न सबैभन्दा पहिले सचेतना फैलाउनुपर्ने बताए । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवालले नगरपालिका भित्र लैङ्गिक समानताका लागि कार्ययोजना सहित अगाडी बढ्ने बताउँदै समृद्ध नगरपालिकाका लागि समानता आवश्यकता रहेको सन्देश सहितको अभियान सञ्चालन गर्नुपर्ने बताए ।
गोष्ठीमा विश्वभर हरेक ३ महिलामा १ महिला माथि हिंसा हुने, मुलुकको एक तिहाई महिला विभिन्न किसिमको हिंसामा परेको, विश्वमा धेरै महिलाले आत्महत्या गर्नेमा चौथोमा नेपाल रहेको, नेपालमा विवाह गर्नेमा ३७ प्रतिशत १८ बर्ष मुनिका र ४१ प्रतिशत २० बर्षभित्रका रहेको तथ्याङ्क समेत प्रस्तुत गरिएको थियो । गोष्ठीको नेपाल सरकारका पूर्व सहसचिव रत्नकाजी ब्रर्जचार्य, महिला अधिकारकर्मी सरू जोशी र शान्ति श्रेष्ठले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->