पोखरा, २५ फागुन – पोखराको लेकसाइडमा शुक्रबार राति क्रेजी बर्गर एण्ड जुस पसलबाट सुरु भएको आगलागी अनियन्त्रित हुँदा करोडौंको क्षति भएको छ। ग्राउण्ड फ्लोरमा रहेको बर्गर एण्ड जुस पसलबाट फैलिएको आगो अनियन्त्रित हुँदै माथिल्लो तलामा रहेको क्लब ९९ र तल्लो तलामा रहेको ट्रेकिङ सपमासमेत सल्कदा ठुलो नोक्सानी भएको हो। राति पौने ९ बजे लागेको आगो नियन्त्रण गर्न दुई घण्टा बढि समय लागेको थियो। आगो नियन्त्रणकालागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए। दमकल , खानेपानीको ट्याङ्करको प्रयोग गरी आगो नियन्त्रण गरिएको हो।






