शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु !

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु !


  • Dhorpatan News
  • फाल्गुन २६ २०७५, आइतबार

पोखरा, २६ फागुन – केन्यामा आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा एक नेपाली पनि परेको इथियोपियन एअरलाइन्सले जनाएको छ। विमान दुर्घटनाबारे ट्‍विट गर्दै एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गरेको छ। एअरलाइन्सको ट्‍विटमा एक नेपाली नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएको उल्लेख छ। नेपाली नगारिकको मृत्यु भएको बारे आधिकारिक पुष्टि भएको छैन। इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो। केन्याको स्ट्यान्डर्ड मिडिया अनलाइनले पनि दुर्घटनाग्रस्त विमानमा ‘एकजना नेपाली नागरिक पनि रहेको’ लेखेको छ।
दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जनाएको छ। विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको जनाइको छ। विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, ९ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ। त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->