पोखरा, २७ फागुन – इथियोपियन आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ। मुत्यु हुने नेपालीमा गोरखाकी एकता अधिकारी रहेकी छिन्। इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)कार्यालयमा कार्यरत उनी आइतबार डब्लूएफपीकै एक कार्यक्रममा सहभागी हुन उक्त विमानमार्फत नैरोबी जादै थिइन्। डब्लूएफपीका कार्यकारी निर्देशक डेविड बास्लेले पनि आफ्ना कर्मचारी उक्त दुर्घटनामा परेको पुष्टि गरेका छन्।
The WFP family mourns today — @WFP staff were among those aboard the Ethiopian Airlines flight. We will do all that is humanly possible to help the families at this painful time. Please keep them in your thoughts and prayers.
— David Beasley (@WFPChief) March 10, 2019
दुर्घटनाग्रस्त उक्त विमानमा एक नेपाली पनि सवार रहेको विमान कम्पनीले यसअघि जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख थियो। पीडितको विवरण भने सार्वजनिक गरिएको थिएन्।
Ekta Adhikari, Nepali national working with WFP Ethiopia was on board ill fated #EthiopianAirlines Flight #ET302. Heartfelt Condolences and prayers to all deceased victims.
— Subhash Adhikary (@subry2000) March 10, 2019
‘बिमान दुर्घटना परेका नेपालीको को हुन खुल्न सकेको छैन’ गैर आवासीय नेपाली संघ केन्याका अध्यक्ष कृष्ण भट्टले नेपालखबरसँग भने, ‘इथोपियामा रहेका नेपालीहरुसँग सम्पर्क गरेका छौ। केन्याका विमानस्थलमा पनि सोधखोज गर्यौ। एक नेपाली पनि विमानमा दुर्घटना परेको मात्रै खुलेको छ। नाम खुल्न सकेको छैन।’
सो विमान दुर्घटना परि ३३ देशको नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ। सो विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन्। त्यसैगरी इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन्। राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो।





