मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखराका सभागृहचोक र खेलमैदान नजिकै शंकास्पद वस्तु

पोखराका सभागृहचोक र खेलमैदान नजिकै शंकास्पद वस्तु


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

पोखरा, ३० फागुन – पोखराका दुई ठाउँमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु राखेको र अहिले त्यसको सेनाले जाँच गरिरहेको प्रहरीले जनाएको छ । सभागृहचोकमै रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै प्लाष्टिकको जस्तो बट्टा बेरिएको र केही तारहरु पनि छन्। बिहान ५ बजेतिर कसैले ल्याएर छाडेको स्थानीयले प्रहरीलाई बताएका छन्। विष्फोटक पदार्थ रहेको आशंकामा उक्त स्थान अहिले सेना र प्रहरीको नियन्त्रणमा छ। सवारी र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ। भन्डारढिकमा पनि पृथ्वी राजमार्गमै सकेटबम जस्तो शंकास्पद वस्तु भेटिएको जानकारी पाएलगत्तै डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएका छन्। राजमार्ग भएकाले भण्डाढिकको समस्या समाधान र स्कर्टिङ गरी पर्यटक बसलगायत सवारी साधनलाई पार गराउने योजना प्रहरीको छ। नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार राखेको नेपाल बन्दको क्रममा सोही पार्टीको कार्यकर्ताले यस्ता शंकास्पद वस्तु राखेकेा हुनसक्ने प्रहरीको अनुमान छ। शंकास्पद वस्तु बारे सेनाले चेकिङ सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->