मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कानुन कार्यन्वयनमा सघाउन उपसभामुख शर्माको आग्रह

कानुन कार्यन्वयनमा सघाउन उपसभामुख शर्माको आग्रह


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

पोखरा, ३० फागुन – स्थानीय तह स्थापना दिबसको सन्दर्भमा पोखरा महानगरपालिका वडानं २८ कार्यालयले स्थानीयवासीका लागि दुइ दिने कानुनी सचेतना तथा क्षमता अभिबृद्धि तालिम बुधवार आयोजना गर्यो । स्थानीय सरकारको आगमन र कार्यसम्पादनसँगै, अनुगमन र सहकार्यका लागि स्थानीय जनताको सक्रिय सहभागिता प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका उपसभामूख सृजना शर्माले महिलाको अधिकार रक्षा र समानतामूलक समाज निर्माणका लागि महिला पुरुष दुबैको बराबर योगदान खड्कीएको बताइन् । लैंगिक समानताको पक्षमा नितिगत र कानुनी व्यवस्था जति छन्, त्यतिमात्रामा, महिला शसक्तीकरणको महत्व बारे बुझाइ पनि संचार गर्नु पर्ने उनले बताइन् । महिलाहरुलाइ सामाजिक विकासमा नेतृत्वदायि भूमिका प्रदान गर्न उचित वातावरण सृजना गर्न उपसभामुख शर्माले सुझाइन् ।
तालिममा गत भदौदेखि लागु भएको मुलुकी देबानी संहिता ऐन २०७४ र मुलुकि फौजदारी संहिता ऐन २०७४ का बारेमा अभिमुखिकरण गराइएको थियो । उक्त कार्यक्रममा समुदायका संस्थागत कामहरु प्रभावकारी बनाउने सम्बन्धमा नेतृत्व विकास तालिम पनि दिइएको थियो । तालिमको सहजीकरण अधिबक्ता भुवन पराजुली, संचारीका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारी, अधिवक्ता अर्जुन पौडेल लगायतले गरेका थिए । वडाका नं २८ का अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडासदस्य अम्बिका बुढाथोकि कार्यालय सचिव शोभाखर ढकाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->