शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मलाई मार्ने सूचना आयो : प्रचण्ड

मलाई मार्ने सूचना आयो : प्रचण्ड

'प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो। भ्रमले परिणाम दुर्भाग्यपूर्ण आउँछ।’


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

काठमाडौं,  ३० फागुन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्। ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,’ दाहालले भने, ‘के भएको होला साथीहरूलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ? ’
योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले आफूलाई मार्ने योजना बनाएकामा ‘विप्लव’ प्रति दया लागेको बताए। विप्लव समूहले नक्कल मात्र गरेर हिँड्न खोजिरहेको उनको भनाइ थियो। दाहालले भने, ‘साथीहरूले मेरै स्कुलको मात्र नक्कल गरेको देखिरहेको छु। साथीहरू नयाँ बाटो खोज्नुस्। प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो। भ्रमले परिणाम दुर्भाग्यपूर्ण आउँछ।’
प्रचण्ड बन्न सजिलो नभएको भन्दै उनले एकै समयमा अर्को प्रचण्ड बन्न नसक्ने पनि जिकिर गरे। ‘प्रचण्डले यसो गर्‍यो अब म अर्को प्रचण्ड बन्छु भनेर हिँडेको सुनेको छु। सजिलो छैन प्रचण्ड बन्न,’ दाहालले भने। उनले आफूलाई जनताले नै प्रचण्ड बनाइदिएको बताए। दाहालले प्राप्त उपलब्धि उल्ट्याएर मुलुकलाई कता लैजाने हो निधार खुम्चाएर सोच्न ‘विप्लव’ लाई आग्रह गरे। उनले भने, ‘अहिले २०५२ सालको जस्तो अवस्था छैन। राजतन्त्र छैन, महिला, आदिवासी जनजातिमा समानुपातिक समावेशी छ। ठूलो राजनीतिक परिवर्तन हाम्रै कारणले आएको हो। यसलाई उल्ट्याएर निरंकुशतातिर लैजाने हो त ? निधार खुम्चाएर सोच्नुहोस्।’
आयोग पुनर्गठन गर्ने सहमति
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पुनर्गठन गर्ने सहमति भएको बताए। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच आयोग पुनर्गठनका विषयमा सहमति भइसकेको दाहालले बताएका हुन्। तीन नेताबीच मंगलबार बेलुकी भएको छलफल यस्तो निचोडमा पुगेको थियो। आयोग पनुर्गठन गर्ने, त्यसका निम्ति सिफारिस कमिटी बनाउन सरकारलाई सुझाव दिने र छिटोभन्दा छिटो प्रक्रिया निष्र्कषमा पु¥याउने विषयमा सहमति बनेको उनको भनाइ छ। ‘सबैलाई क्षतिपूर्ति या परिपूरण दिने, पीडितका परिवारका एक सदस्यलाई रोजगारी दिने विषयमा पनि हामीबीच राजनीतिक सहमति जुटिसकेको छ,’ दाहालले भने। उनले जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा ठूलो सहिद स्मारक बनाउने विषयमा छलफल चलिरहेको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->