शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं : मन्त्री बाँस्कोटा

अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं : मन्त्री बाँस्कोटा


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

काठमाडौं,  ३० फागुन – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई अडान छाडेर सहमतिमा आउने भए रेड कार्पेटमा स्वागत गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले बारुदको गन्ध चलेको कसैले हेर्न नचाहाने भन्दै विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे ।‘बारुदको गन्द चलेको कोही पनि हेर्न चाहँदैन । कर्कस, चित्कार, हिंसा, ज्यादति, अशान्ति कसैले सहन सक्दैन,’ उनले भने ‘अहिले पनि विप्लव समूहलाई निषेध गर्ने भन्ने होइन । आउनुहोस् रातो कार्पेट ओछ्याएरै स्वागत गर्न तयार छौं । तर उहाँका अडानले त्यो अवस्था देखाउँदैन । शान्ति, स्थिरता चाहिन्छ भने सवै सहनुपर्छ ।’
उनले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य निर्वाह गरेको बताए ।  त्यस्तै, सैन्य दस्ता र क्षमताका विषयमा सुरक्षा निकायले अनुमान गरिरहेको बताए । विप्लवमाथि प्रतिबन्ध लगाउने विषयमा सत्तारुढ दलभित्र सल्लाह नभएको भन्ने विषयमा छलफल जारी रहेको र राजनीति भनेकै निरन्तर प्रक्रिया रहेको बताए । त्यस्तै, विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठिकै भो भनिसके अवस्थामा अन्य दलहरुले आ–आफ्नै धारणा राख्नु स्वभाविक भएको मन्त्री बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->