मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सिस्नो र यसका फाइदाहरु

सिस्नो र यसका फाइदाहरु


  • कृष्ण कुमार सैजु
  • चैत्र १ २०७५, शुक्रबार

परिचय
सिस्नो अंग्रेजीजीमा नेटल (टीस nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर तथा बभिनन्न तरिकाबाट खान सकिन्छ । यसमा हुने रौं जस्तो झुसमा हुने फर्मिक अम्ल (फर्मिकएसिड) ले पोल्ने (जलन) र हिस्टामाइन (Histamine) ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिलेपहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
भांग्रे सिस्नो
अल्लो, चाल्ने सिस्नो वा भांग्रे सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ । सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ । यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ । काण्डको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा, झोला आदि बनाइन्छ ।
अल्लो नेपालका विभिन्न स्थानमा पुवा, ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो, भल्लो आदि नामले चिनिन्छ भने अंग्रेजीमा जायन्ट हिमालयन नेटल तथा निलगिरी नेटल नामले चिनिन्छ । दुबैखालका सिस्नोहरू खान तथा औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । गाउँघरमा पाइने सिस्नालाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ । खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नोको प्रयोग भएको पाइन्छ । तर पछिल्लो समय सिस्नो औषधि सावित भएपछि यसको माग विदेशमा निकै महँगों दरमा भएको पाइन्छ । धन्याढ्यहरूले यसलाई बढी प्रयोग गरिरहेका छन् । सिस्नोलाई गुणस्तरीय औषधिय गुणलाई स्वदेशी बजार चिनाउन मात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ । यसको विदेशमा हुने माग बमोजिम निकासी गर्न सकियो भने नेपालले अहिले झेल्दै आएको व्यापार घाटालाई भर्न सहयोग पुर्याउन सकिन्छ । हामी कहाँ अथाह मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ । तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडम्बनाको रुपमा लिनुपर्छ । सजिलै पाइने देशको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नोलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भने मात्रै पनि देशले राम्रो आर्थिक उपार्जन गर्न सकिन्छ ।
सिस्नो जहाँकहीँ पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको हामीले पाएका छौं । अमेरिका, बेलायत युरोप जस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ । सिस्नोसँग परिचित भएकाहरूले यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् । हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नो मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ । साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ । त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्र समेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नी लगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
सिस्नोमा के–के पाइन्छ ?
यसमा हुने भिटामिन ए, सी र डी लौहतत्व (फलाम), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (nettle सूप) लामो समय देखि प्रचलित रहेको छ । यसमा द्दछ५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । यो अति मुल्यवान ‘चीज’ (gouda) र (yarg) मा स्वादको लागि प्रयोग गरिन्छ । रायोको सागमा ३ सय ५० आई. यू. भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई.यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । त्यस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ । सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्स लगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्ट्राइटिस, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।
त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोही दुर्गुणको कारण पहिले–पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आईपरण, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।
सिस्नोका अन्य फाइदाहरू
शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ । महिलाका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु¥याउँछ । यतिमात्र होइन यसले गर्भवती महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र होइन यसले त महिलाको दूध उत्पादनमा सहयोग गर्छ र छिटै रजनोवृत्ति (महिनावारी) हुनबाट समेत रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।
कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनस्पति उपयोगी छ । पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ । त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ । बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पु¥याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ । अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ । सिस्नोमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ । बिरामी भएपछि मात्रै आत्तिने प्रवृति हामी नेपालीजनमा छ । त्यसो गर्नुको सट्टा आजै सम्भव भएसम्म हरिया सागपात, उमारिएका गेडागुडी र फलफुल खान किन जोड्न नगर्ने ? स्वस्थ बनौँ । परिवार, समाज, राष्ट्रलाई समृद्ध बनाऔँ ।
सिस्नोको प्रयोग गर्ने विधि
१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातोपानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ । उसो त बिभिन्न गाँउ र परिवेसमा सिस्नोलाई पकाउने आ–आफनै परम्परागत बाकबिधी छ ।
किन सिस्नो प्रयोग गर्ने ?
मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरीरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरीरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने हुन्छ । हामीले पटकपटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने गर्यौं भने शरिरका भित्रीअंग पनि सफा हुने नेपालका कृषि तथा वनस्पतिविद बताउँछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि बाहीरी रोगले हतपत छुँदैन । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउघरका बारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरुमध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएपनि यसको प्रयोग कसरी र केमा आउँछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँचभन्दा धेरै टाढा रहेको छन् । यस्ता खालका मानिसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो । त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीबुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो । नेपाल विकास उन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको तथा खाद्यबस्तुको रूपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यान्स र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->