बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

बिराटनगरबाट प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

बिराटनगरबाट प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?


  • Dhorpatan News
  • चैत्र ३ २०७५, आइतबार

विराटनगर, ३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले विप्लवबारे धारणा राख्दा ख्याल गर्न आग्रह गरेका हुन्। “नेपालका नेताजीलाई आग्रह गर्न चाहन्छु, आफैंलाई जवाफ दिन नसक्ने कुराहरू नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन्। नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,” ओलीले विराटनगर विमानस्थलमा आइतबार पत्रकारसित कुरा गर्दै भने, “बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ।”
उनले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनाधिकृत झुण्ड भएको टिप्पणी गरे। विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताए। “जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन”, ओलीले भने। प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिलाई मात्रै प्रतिबन्ध लगाएको जानकारी दिए। प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए। ओलीको प्रश्न थियो, “नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->