शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बजेट दिएका योजना सम्पन्न नहुँदा समस्या : अध्यक्ष तिमिल्सिना

बजेट दिएका योजना सम्पन्न नहुँदा समस्या : अध्यक्ष तिमिल्सिना


  • Dhorpatan News
  • चैत्र ३ २०७५, आइतबार

पर्वत, ३ चैत – राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन । पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आईतवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले बजेट विनियोजन गरेका योजना समयमा सम्पन्न नहुँदा विकास निमार्णमा समस्या भएको बताए । ‘विकास निमार्णलाई पहिलो प्रथामिकता राखेर सरकारले साना–ठूला थुप्रै योजनालाई बजेट विनियोजन गरेको छ, अध्यक्ष तिमिल्सिनाले भने, समावेश योजना र बजेटको काम समयमा सुरु नहुने र निमार्णाधिन योजना पनि समयमा सम्पन्न नहुँदा राष्ट्रलाई ठूलो नोक्सान भएको छ ।’
अध्यक्ष तिमिल्सिनाले योजना समावेश गर्नु मात्रै ठूलो विषय नभएको बताउँदै समयमा सम्पन्न गराउन तथा गुणस्तरीय बनाउन सरकारी संयन्त्र र स्थानीय उपभोक्ता बढी सक्रिय हुनुपर्ने धारणा राखे । अहिले सडक, पुल, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा थुप्रै बजेट विनियोजन भएपनि काम हुन समस्या भएको छ । योजना समयमा सम्पन्न तथा गुणस्तरीय नहुनुको कारण पहिचान गर्न जरुरी छ, उनले भने, नीतिगत रुपमा परिमार्जन गर्न जरुरी भए त्यसमा पनि सरकारले ध्यान दिनुपर्छ ।’

उनले पर्वत जिल्लामा पनि राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग लगायत थुप्रै साना–ठूला योजनाको काम भइरहेको बताउँदै त्यसको गुणस्तरमा स्थानीय जनप्रतिनिधि, प्रशासन र उपभोक्ताले ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले जनतालाई उद्यमशीलताको विकासका लागि पर्यटन, होमस्टे, कृषि, पशुपलान लगायत विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै त्यसको सही सदुपयोग हुनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाले राखे । विकासका पूर्वाधारलाई जनताको जीवनस्तर सुधार गर्न प्रयोग गर्नुपर्छ, अनि मात्रै देश समृद्ध बन्न सक्छ । पर्वतको मोदी गाउँपालिकामा पञ्चासे, भमरकोट, हम्पाल लेक लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेकाले ती ठाउँमा पूर्वाधार विकास तथा प्रचार गरी व्यवसायीक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->