मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शारीरिक रूपमा तन्दुरुस्त हुन जुम्बा डान्स

शारीरिक रूपमा तन्दुरुस्त हुन जुम्बा डान्स

‘गह्रौँ व्यायाम गर्दा शरीरलाई होला र खाना घटाउँदा कमजोरीले छोप्ला भन्ठान्ने हामीजस्तालाई जुम्बा डान्स ठिक रहेछ ।’


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

बुटवल,  ८ चैत – शारीरिक रूपमा तन्दुरुस्त हुन सबैलाई मन पर्छ । उमेर बढदै जाँदा सहरियाहरूमा मोटाउने र भुँडी बढ्ने समस्या छ । फुर्तिलो देखिन धेरैले खाना कटौती गर्ने गर्छन् । कोही बिहान हिँड्छन्, खेल्छन् । पछिल्लो पटक सहरमा यस्ता समस्याले पिरोलिएका व्यक्तिका लागि नयाँ उपाय आएको छ, जुम्बा डान्स । बुटवलका युवायुवती यही उपायतिर आकर्षित भइरहेका छन् । ‘फिटनेस सेन्टरभन्दा यो राम्रो लाग्यो,’ मनीषा श्रेष्ठले सुनाइन्, ‘नाच्न’नि पाइने, स्वस्थ’नि भइने † खानामा कटौती गर्न नपर्ने । गज्जब रहेछ ।’ बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढिरहेकी मनीषाले स्लिम र आकर्षक देखिन जुम्बा गरिरहेको बताइन् । सहरको केन्द्र ट्राफिकचोकमा अहिले जुम्बा डान्सको केन्द्र खुलेको छ ।
जुम्बा डान्समा गीत अनुसारका क्रियाकलाप हुन्छन् । अंग्रेजी, स्पेनी आदि गीत बजेसँगै हात फैलाउने, गोडा उचाल्ने, कमर मर्काउने र मुन्टो निहुर्‍याउने गर्नुपर्छ । अनि नाच्नुपर्छ । फास्ट बिटको गीत बजे त्यसै अनुरूप आफ्नो गति बढाउनुपर्छ । यतिन्जेल एक घण्टा बितिसकेको हुन्छ । प्रशिक्षार्थीहरू पसिनाले भिजिसकेका हुन्छन् । ‘गह्रौँ व्यायाम गर्दा शरीरलाई हानिहोला र खाना घटाउँदा कमजोरीले छोप्लाभनी सोच्ने हामीजस्तालाई जुम्बाडान्स ठिक रहेछ,’ कालिकानगरकी निरु बज्राचार्यले भनिन् ।
विश्व शारीरिक सुगठन प्रतियोगितामापदक विजेता ननिता महर्जनका अनुसार, जुम्बा डान्स महिलाका लागि ‘सफ्ट एक्सरसाइज’ हो । त्यसैले पुरुषकोतुलनामा यसमा महिलाको संख्या धेरै हुन्छ । ‘स्लिम बन्न चाहनेका लागि र जिम जान झन्झट मान्नेका लागि यो उपयुक्त छ,’उनले भनिन् । एरोबिक्स र फिटनेस धाउँदा वाक्क बनेकाका लागि पनि जुम्बाले मन तानेको छ । नाच्ने रुचि भएकाका लागि दोहोरो प्लेटफर्म हुनसक्छ । जुम्बा डान्स गरिरहेकी अमरपथकी मन्जु थापाले भनिन्, ‘नाच्न पनि जानिने शरीर पनि फिट हुने भएकाले यता लागें ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->