बागलुङ, ८ चैत – ५४ औं अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस बागलुङमा दलित महिला विकास केन्द्रले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बागलुङ नगरपालिका वडा नं १ मालढुङगा स्थित नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा काम गर्ने मजदुरहरुलाई सुरक्षा सामग्रीहरु प्रदान गरेका छन् । केन्द्रले मजदुरहरुलाइ १३ वटा फोहोरमा काम गर्दा लगाउने पन्जा, ११ वटा जुत्ता र १२ वटा एप्रोन सामाग्री वितरण गरेको हो । डम्पिङ साइटमा काम गर्दा स्वास्थ्यको हिसावले एकदम संवेदनशील रहने र उनीहरुको स्वास्थ्य स्थितीलाई मध्यनजर गर्दैै उक्त सामान वितरण गरेको केन्द्रको अध्यक्ष सुजाता नेपालीले बताइन् । मजदुरहरुको हितका लागि स्थानिय सरकारले कार्यक्रम बनाउनु पर्ने उनको धारणा थियो । फोहोरको डंगुरमा काम गर्दा समेत ठेकेदारहरुले उचित पारिश्रमीक नदिएको भन्दै उचित पारिश्रमीक दिलाईदिन मजदुरहरुले माग गरेका थिए । उनीहरुले मासिकरुमा ८ देखि ११ हजार सम्म पारिश्रमीक पाउने गरेको बताए।





