शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पार्टी एकता आकिस्मक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली

पार्टी एकता आकिस्मक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले आजै निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी काम छिटो सक्न निर्देशन दिए ।


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

भैरहवा, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा शुक्रवार दिउसो पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका हुन् । “चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,” नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भने, “स्थानीय तहका एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।”
सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । “तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ प्रधानमन्त्रीको भनाइ थियो, “विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन् ।”

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले आजै निर्माणधिन विमानस्थलको निरीक्षण गरी काम छिटो सक्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->