बागलुङ, ८ चैत – विद्यालयमा हाजिरी प्रतिशत नपुगेपछि बागलुङ जिल्लाका २५ जना विद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित हुने भएका छन् । कुल ५ हजार ५ सय ४८ विद्यार्थीमध्ये ५ हजार ५ सय २३ जना विद्यार्थी परीक्षाको लागि योग्य ठहरिएका जिल्ला शिष्क्षा समन्वय इकाई बागलुङले जनाएको छ । हाजिरी कम भएका कारण २३ जना विद्यार्थी परिक्षामा अयोग्य भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कुश्माराज उपाध्यायले बताए । ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षा दिनको लागि अयोग्य ठहरिएका उपाध्यायले बताए । बागलुङ जिल्लामा ३१ परीक्षा केन्द्र तोकिएको छ । यहि चैत्र १० गतेदेखि हुने एसईई परीक्षाका लागि सवै तयारी पुरा भएको प्रमुख उपाध्यायको वताए । यस वर्ष बागलुङबाट प्राविधिकतर्फ १६८ जना र ग्रेड बृद्धिका १२० जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन ।





