मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सिक्नलाई उमेरले छेक्दैन…

सिक्नलाई उमेरले छेक्दैन…


  • Dhorpatan news
  • चैत्र ९ २०७५, शनिबार

पोखरा, ९ चैत – “खाने मुखलाई जुङ्गाले छेक्दैन” भन्ने उखान पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ्गले चरितार्थ गरेका छन् । उमेरले ८६ वर्षका भए तर उनको सिक्ने मन भने अझै बुढो भएको छैन । जुरेभुमे तप्रे तमु समाजले आयोजना गरेको पाँच दिने उद्घोषण तथा नेतृत्व विकास तालिममा उनि पाचै दिन सहभागि भए । अरु सहभागिहरु भन्दा उनि छिटै पनि आउने र ध्यानपूर्वक सुन्ने गर्दर्थे । पाचदिने तालिममा सिकेका कुरा उनले माईक समाएर छिटै नै ब्यवहारमा समेत लागु गरे । कार्यक्रमको समापनमा उनले अरुलाई समेत प्रेरणा दिने गरी भने “सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पनि पुरा हुदैन ।” तालिमले बोल्ने कलाबारे धेरै कुरा सिकाएको उनले बताए । उनिबाट अरु सहभागिले पनि धेरै कुरा सिकेको भन्दै आफ्नो अनुभव सुनाए ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्यूटि इन्ष्टिच्युटका संचालक मीना गुरुङ जीवननै सिकाइको प्रक्रिया भएको बताईन् । बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै “सामाजिक क्षेत्रमा मात्रै नभइ घरपरिवार एवं समाजमा पनि बोल्ने कला आवश्यक रहेको छ ।” उनले भनिन् । युवाहरुले प्रदेश सरकारले ल्याएको स्वरोजगार कार्यक्रममा सहभागि भएर देश विकासमा भूमिका खेल्नु पर्ने बताईन् ।
मादी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष पसबहादुर बाँस्तोलाले परिवर्तित समाजमा बोल्ने कला पनि अपरिहार्य बन्दै गएको धारणा राखे । ‘तालिमले आत्मविश्वास बढाउँछ र आफ्नो अधिकारप्रति सजक गराउँछ ।’ उनले युवा सामाजिक रुपान्तरणबाट अघि बढ्नु पर्ने बताउनुभयो ।
महिला उद्यमी पवित्रादेवी गुरुङ्गले आफ्नो समुदायका युवाहरु र महिलाहरुमा अझै पनि नेतृत्व विकास नभएकोले सामाजिक क्षेत्रमा क्रियाशिल हुन नसकेका बताइन् । उनले महिलाकोे सशक्तिकरणका लागि तालिमको हुनु पर्ने भन्दै तालिममा सहभागि भए पछि आत्मविश्वास बढेको बताईन् ।
कार्यक्रममा भद्रकाली उच्च मावि ब्यवस्थापन समितिका अध्यक्ष तारा बराल, कामना मार्ग आमा समुहका अध्यक्ष योमाया गुरुङ्ग, समाजका अध्यक्ष अमर गुरुङ, युवा समितिका अध्यक्ष हितमान गुरुङ लगायतले मन्तबय राखेका थिए । तालिममा ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->