थम्मन थापा सन्देश
गलकोट, ९ चैत – ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाललीले जनप्रतिनिधीहरु जनताप्रति समर्पित हुॅदै जनताको हित र समृद्वि हुने गरि काम गर्नु पर्ने बताएका छन । जनसिर्जनशिल युवा कल्व गलकोट नगरपालिका ३ बोहोराफॉट बागलुङको छैठौं वार्षिकोत्सव समारोहको समापनमा नगरप्रमुख नेपालीले यस्तो बताएका हुन । बागलुङको क्षेत्र नं २ राजनैतिक, शैक्षिक तथा समृद्विको हिसाबले पछाडि परेको भन्दै त्यसको लागि यो पार्टी त्यो पार्टी नभनी सबै एकजुट हुनु पर्ने नेपालीको भनाई छ । गलकोटको पहिचान देश विदेशमा विशिष्ट रहेको भन्दै अब युवाहरुलाई विकासको मुलधारमा समेटी समृद्व समाज निर्माण गर्नु पर्ने बताए ।
खेलकुद, कला, संस्कृति, संरक्षण हाम्रो अभियान, समाज रुपान्तरणमा युवाको सकृयता हाम्रो पहिचान भन्ने मुल नाराका साथ चैत ६ गतेदेखि वार्षिकोत्सव शुभारम्भ भएको थियो । सो अवसरमा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी, गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्ण प्रसाद गौतम, महिला जागरण केन्द्र हटियाका अध्यक्ष मञ्जु शर्मा चालिसे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नेपालीले शनिवार नै कल्वलाई नगद रु १ लाख १ हजार र जनसिर्जनशिल आमा समुहलाई ५१ हजारको अक्षयकोष स्थापना गरेका छन । वार्षिकोत्सवको अवसरमा आयोजित साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा २२ समुहको सहभागिता रहेकोमा नगद रु ४५ हजार ५ सय ५५ हात पार्दै संगम युवा कल्व गलकोट नगरपालिका ६ ठुलाथर प्रथम र नगद रु ३० हजार ५ सय ५५ हात पार्दै आयोजक द्वितिय र ८र८ हजार हात पार्दै आयोजक टिम बि र आदर्श युवा कल्व गलकोट नगरपालिका ५ सर्दाखेत सान्तवना स्थान हॉसिल गर्न सफल भएका छन। त्यस्तै रत्यौली प्रतियोगितामा जनसिर्जनशिल आमा समुह बोहोराफॉट प्रथम र कोटमैदान आमा समुह कोटमैदान द्वितिय भएको थियो ।

सामुहिक लोक नृत्य प्रतियोगितामा गलकोट सांस्कृतिक नृत्याङगाना समुह हटिया प्रथम र गलकोट साउण्ड एण्ड टेन्ट हाउस हटिया द्वितिय भएको छ । एकल नृत्य प्रतियोगितामा सुस्मिता बोहोरा क्षेत्री प्रथम, भरोसा क्षेत्री द्वितिय र पुजा परियार तृतिय भएका थिए । त्यस्तै महिला कुर्सी रेस प्रतियोगितामा मसिना बोहोरा प्रथम, जमुना खत्री द्वितिय र हेमा बोहोरा तृतिय हुनु भएको थियो वार्षिकोत्सवको अवसरमा चर्चित हॉस्य कलाकार यादव देवकोट सरापे, चर्चित लोक तथा दोहोरी गायक ईश्वर सिंह, दिपक सिंह, गायिका सम्पदा कार्की, रिमा बस्नेत, अनु बोहोरा क्षेत्री लगायतले आफना सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रायोजक, सहयोगदाता लगायतलाई सम्मान समेत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रम जनसिर्जनशिल युवा कल्व गलकोट नगरपालिका ३ बोहोराफॉटका अध्यक्ष ईश्वर बोहोरा क्षेत्रीको अध्यक्षता, पुर्व अध्यक्ष विर बहादुर बोहोरा क्षेत्रीको स्वागत र पुर्व सचिव भगवान बोहोरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।





